arrow

देशलाई गरिबीतर्फ धकेल्न खोजिएको ओलीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतर्फ धकेल्न खोजिएको आरोप लगाएका छन् । 

कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले यस्तो आरोप लगाएका हुन् । उनले देशलाई गरिबीतर्फ धकेल्न खोजिएको आरोप लगाउँदै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना आर्थिक सङ्कटमा परेको टिप्पणी गरेका छन् ।

आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्नेजस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको उनको दाबी छ । 

एमालेले देश व्यापीरूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गतको सो कार्यक्रममा अध्यक्ष ओलीले पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपमा सुधार गर्ने एवं समृद्ध र सम्पन्न समाज निर्माण गर्ने अभियानमा पार्टी लागेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ