arrow

महासंघमा वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने विषयमा प्रदेश नं १ को यस्तो मत

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असोज १३ बिहिबार
Fncci_Federal-1.jpeg
काठमाडौं। मुलुक संघीय प्रदेशमा भएपछि महासंघको स्वरूप कस्तो बन्ने भन्ने विषयमा महासंघ भित्र पनि घनिभूत छलफल भएको छ । त्यस्तै महासंघको स्वरूप कार्य विभाजन र यसमा जिल्ला तथा नगरको अधिकारको विषयमा पनि घनिभूत छलफल भईरहेको छ।  नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हुँदैछ । कात्तिकको पहिलो साता बस्ने महासंघको विशेष साधारणसभाले संघीय उद्योग वाणिज्य महासंघको विधान पारित गर्दैछ।
 
यस विषायमा जिल्ला उद्योग वाणिज्य संघहरूले पनि धेरै सुझावहरू प्रस्तुत गरिरहेका छन्। महासंघको अबको नेतृत्व कस्तो हुने र विधान कस्तो बन्ने भन्ने विषयमा अझै पनि एक मत भईसकेको छैन। अहिलेको विधानमा एकातिर नेतृत्व चयनको विषयमा चर्चा रहेको छ भने अर्कोतर्फ अधिकार बाँडफाँडको कुरालाई पनि चर्चाको विषय बनाईएको छ। जिल्ला उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एउटा महत्वपूर्ण र प्रभावशाली क्षेत्र मानिन्छन्। महासंघको कुनैपनि निर्णयमा जिल्ला उद्योग वाणिज्य महासंघको धारणाले पनि निर्णयक भूमिका निर्वाह गरिरहेको हुन्छ।
 
यसै विषयमा हाम्राकुरा डटकमले प्रदेश नं १ भित्र पर्ने विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग अबको महासंघको कार्य विभाजन र जिल्ला तथा नगरको हैसियत कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंशः  जिल्ला उद्योग वाणिज्य संघमा कुरा गर्दा कतिपयले अझै प्रस्तावित विधान प्राप्त गर्न नसकिरहेको बताएका छन्। यसरी विधान प्राप्त नभएका तथा विधानमा सुझाव अटाउन नसकेकाहरूको पनि राय महासंघसम्म पुर्‍याउने लक्ष्य सहित हाम्रा कुरा डटकमले हरेक जिल्ला उद्योग वाणिज्य संघका सुझावहरू संकलन गरि प्रकाशन गर्दै आएको छ। 
 
 
अध्यक्षको निर्वाचनमा ५/६ करोडको खोलो बगाईन्छ 
महेन्द्र प्रसाद काफ्ले 
अध्यक्ष
तेह्रथुम उद्योग वाणिज्य संघ
हामी नेपाल उद्योग वाणिज्य संघको प्रस्तावित विधानको पूरा पक्षमा रहेका छौ । म आफैं पनि विधान संशोधन समितिमा रहेको र विधान सबैले सर्बसम्मत रुपले पारित गरेकोले हामस्हरुले पनि त्यसलाई विरोध गरिरहनु आवश्यक देखेका छैनौं । पहिलो कुरा वरिष्ठ अध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा हामी किन समर्थन गर्न बाध्य छौं भने हामी जसरी अहिले एउटा अध्यक्ष बन्नको लागि ५/६ करोडको खोलो बगाउनुपर्ने हुन्छ । त्यो रोक्नको लागि पनि हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउो प्रस्ताव स्वीकार गनएस आवश्यक रहेको छ । स्वच्छ प्रतिस्पर्धा गर्नको लागि पनि हामीले अध्यक्षको होईन वरिष्ठको निर्वाचन गराउनु आवश्यक रहेको छ ।  त्यसबाहेकका अन्य सबै प्रावधानहरु हामीलाई स्वीकार्य रहेका छन् । 
 
 
 
महासंघको प्रस्तावित विधानमा हाम्रो धेरै असहमतिहरू रहेका छन
राजेन्द्र लयालु
अध्यक्ष
खोटाङ उद्योग वाणिज्य संघ
हामी नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावित विधानमा हाम्रो धेरै असहमतिहरू रहेका छन् । पहिलो कुरा त हामीलाई वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा पनि हाम्रो असहमति रहेको छ । यसको लागि हामीले विधानमा यस्ता आपत्तिजनक विषय संशोधन गर्नको लागि प्रस्ताव पनि गरिसकेका छौं । हामीले बुझ्न खोजेको कुरा के हो भने हामी यो विधानको मातहतमा ।हँदा हाम्रो हैसियत के हुने हो रु हामीमाझ अहिलेसम्म पनि गाउँपालिका र प्रदेशको संरचना स्पष्ट नभईसकेको खण्डमा अहिले नै यस विषयमा निर्णय गरिनुको तात्पर्य के हो रु यस विषयमा हामी अस्पष्ट छों । त्यसैले अहिले त विधान संशोधन नै आवश्यक छैन भन्ने हाम्रो तर्क छ । हाम्रो यो आपत्ति भवानी राणासँग होईन कि यो समग्र सिस्टमसँग हो । 
 
 
 
मुख्य पदाधिकारीहरु सबै निर्वाचनबाट नै नियुक्त हुनुपर्छ
ज्ञानेन्द्र कुमार मास्के 
अध्यक्ष
ओखलढुङ्गा उद्योग वाणिज्य संघ
यो विषयमा हामीलाई स्वीकार्य छैन । हामी त मुख्य पदाधिकारीहरु सबै निर्वाचनबाट नै नियुक्त हुनुपर्छ भन्ने पक्षमा हो । आफ्नै प्रतिनिधिबाट पनि डराएर यस्तो प्रावधान राखिनु कहाँसम्मको बेईमानी हो । त्यसैले यो हाम्रोलागि स्वीकार्य छैन । भोटिङको कुरामा सबै पदाधिकारी समान हुनुपर्छ । अब कुरा आयो महासंघले पूर्वाधार र सदस्यताको संख्याहेरेर मात्रै केन्द्रीय सदस्यता दिने कुरा । पूर्वाधारको कुरा पूरा हुने र सबै विकसित हुँदै जाने हो भने महासंघको सदस्यता लिनुपर्ने नै आवश्यकतचा किन रह्यो त त्यसो भए । त्यसैले यो विधानका यस्ता केही प्रावधानहरू नसच्याई यो विधान पास हुनै सक्दैन । 
 
 
 
 
सदयता बढाउने विषयमा हाम्रो पुरापुर सहमति रहेको छ
गजेन्द्र कुमार भगत
अध्यक्ष
त्रियुगा उद्योग वाणिज्य संघ
सदयता बढाउने विषयमा हाम्रो पुरापुर सहमति रहेको छ । संस्थागत धारणा आउन बाँकी रहेको भएपनि लगभग हाम्रो तर्फबाट अहिलेको प्रस्तावित विधानमा धेरै सहमति रहेको छ । तर यसलाई सबैको धारणा समेटेर लैजाने खालको बनाउनुपर्छ भन्ने हाम्रो संस्थागत धारणा हो । 
 
 
 
निरंकुशताको जरो गाड्ने प्रवृत्तिमा हाम्रो सहमति छैन 
आनन्दप्रसाद कट्टेल 
अध्यक्ष
इलाम उद्योग वाणिज्य संघ
बाहिर लोकतान्त्रिक भनेर चिनिन खोज्ने तर भित्रभित्रै निरंकुशताको जरो गाड्ने प्रवृत्ति नेपाल उद्योग वाणिज्य महासंघमा हाबी भएको छ । अहिलेको प्रस्ताव पनि यसैलाई आधार बनाएर आएको हुनाले यसमा हाम्रो सहमती छैन । 
त्यस्तै सदस्यताको विषयमा पनि हाम्रो नोट अफ डिसेन्ट रहेको छ । हामी यतिधेरै सदस्यताको आवश्यकता देखाएर नगर उद्योग वाणिज्य संघलाई अधिकार बिहीन बनाउन खोजीरहेका छौं । त्यसैले पनि यस विषयमा समेत हामीहरुको आपत्ति रहेको हो । 
 
 
 
हामीलाई स्वतः अध्यक्ष बन्ने प्रस्ताव स्वीकार्य छ
टीका राज ढकाल
अध्यक्ष
झापा चेम्बर इन्डस्ट्रिज
यो जायज विषय हो । यसमा हामीलाई प्रस्ताव स्वीकार्य छ । किनभने यो अहिले अध्यक्ष बन्नको लागि जुन खर्च हुने गरेको छ र अध्यक्षलाई जुन पैसा खर्च गरेर निर्वाचित गराईने पदको रुपमा लिईएको छ । त्यो रोक्नको लागि पनि यो प्रस्ताव जायज रहेको छ । मियो विनाको दाइँ गरेको जस्तै भएको छ । त्यसैले पनि हामीले यसको पक्षमा वकालत गर्नुपरेको हो । ता कि यसले नेपाल उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउनको लागि पनि यस्तो प्रस्ताव गरिएको हो । 
 
 
जिल्लानगरको अधिकार कटौती मान्य छैन 
तारानाथ घिमिरे
अध्यक्ष
ताप्लेजुङ उद्योग वाणिज्य संघ
हामीले अहिलेसम्म पनि विधान पाएको त छैन । तर पनि विधानमा उल्लेख रहेका कतिपय कुराकानीहरूमा भने हामीले साझा धारणा बनाएर अघि बढेका छौं । हामीलाई के कुराको चासो हो भने हामी अर्थात् जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार कटौती हुनेगरी कुनैपनि प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वले ल्याउँछ भने त्यो हामीलाई स्वीकार्य छैन । हामीले विधान पनि नपाएकोले बाँकी कुरा पछि गरौंला । 
 
 
 
स्वतः अध्यक्ष बन्ने कुरा कत्ति पनि ठीक होईन
नवराज पनेरु 
अध्यक्ष
झापा उद्योग वाणिज्य संघ
यो कत्ति पनि ठीक होईन । लोकतान्त्रिक विधिलाई एकातिर छाडेर हामी अर्कैतिर हिँड्नुको कुनै औचित्य रहेको छैन । हामी यसको समर्थनमा लाग्न सक्दैनौं । यस बाहेक पनि महासंघको विधान संशोधन प्रस्तावमा उल्लेख रहेका सदस्यताको लागि संख्या थप लगायतका विषयमा पनि हाम्रो सहमति रहेको छैन । 
 
 
नेतृत्व भनेको निर्वाचित जस्तो मनोनित हुँदैन 
पवन कुमार शारडा
अध्यक्ष
मोरङ मर्चेन्ट एशोसिएसन
मैले विधान पाएको छैन । त्यसैले पनि मैले यस विषयमा खासै धेरै आधिकारिक धारणा बनाउन सकिसकेको त छैन । तरपनि कुरा के हो भने हामी नेतृत्व भनेको निर्वाचित जस्तो मनोनित भएको राम्रो हुँदैन भन्ने हाम्रो धारणा रहेको छ । बाँकी विषयमा पछि मात्रै साझा धारणा बनाएर अघि बढ्ने तयारीमा हामी छौं । 
 
 
 
हामी प्रस्तावित विधानको पक्षमा रहेका छौं
मित्रप्रसाद काफ्ले
अध्यक्ष
पाँचथर उद्योग वाणिज्य संघ
म र हाम्रो चेम्बरका प्रतिनिधिहरू सब अहिलेको प्रस्तावित विधानको पक्षमा रहेका छौं । म आफैं पनि विधान संशोधन समितिको सदस्य रहेको हैसियतले के भन्छुभने यो विधान महासंघलाई छलाङ मार्नेखालको प्रावधानहरू राखिएको छ । 
धेरै तडकभडक र फजुलखर्च नियन्त्रणको लागि राखिएको वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने विषयदेखि केन्द्रीयस्तरको महासंघको सदस्यता लिनको लागि तोकिएको मापदण्डसम्मका व्यवस्थाहरू ध्यान दिएर हेर्ने हो भने यसमा विरोध गर्नुपर्नै कुनैपनि प्रावधान रहेका नै छैनन् । 
 
 
अध्यक्ष स्वतः बन्ने प्रावधानमा हाम्रो कसैगरी पनि सहमति हुँदैन
पंकज विक्रम नेम्वाङ
अध्यक्ष 
मेची उद्योग वाणिज्य संघ
हामी अहिलेको प्रस्तावित विधानमा धेरै असन्तुष्टिहरु रहेका छन् । अहिलेको स्वतः अध्यक्ष हुनेदेखि सदस्य संख्याको थप गरिएको प्रावधानसम्म हामीले आपत्ति जनाउने तयारी गरिरहेका छौ । निरंकुशताको झल्को दिने अध्यक्ष स्वतः बन्ने प्रावधानमा हाम्रो कसैगरी पनि सहमति हुँदैन । त्यस्तै सदस्यताको विषयमा पनि हामीले सहमति जनाउँन सक्दैनौं । अर्को प्रान्तीय अध्यक्षलाई केन्द्रमा पदेन केन्द्रीय सदस्य बनाउने प्रस्तावमा भने बरू कन्सिडर गर्न सकिन्छ । 
 
 
विधान संशोधनमा धेरै ठूलो खेल भईरहेको छ
राजेन्द्र शाह 
अध्यक्ष
सुनसरी उद्योग वाणिज्य संघ
यो विधान संशोधनमा हेर्नू्स् धेरै ठूलो खेल भईरहेको छ । कसले आफ्नो स्वार्थ पूर्तिको लागि यस्तो प्रस्ताव गरिरहेको छ भन्ने कुरा पछि मात्रै थाहा हाचेला । तर यसमा धेरै ठूलो खेल त पक्कै पनि भईरहेकै छ । तर जे होस् हामीले यस विषयमा भवानी राणालाई पनि एकपटक भेटेरै यस विषयमा कुरा गर्ने तयारी गरिरहका छौं । तपाईको हाईट यो प्रस्तावले नै घटाउँछ । तपाईँ यसै पनि जित्ने नै मान्छे हो भनेर पनि यस विषयमा सम्झाउने तयारी गरिरहेका छौं ।  यस बाहेक अन्य केही जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सम्पर्क गर्न सकिएन भने केही उद्योग वाणिज्य संघले साझा धारणा बनाएर मात्रै जानकारी दिने बताएका छन् ।
 
यि पनि पढ्नुस् :
 
 
 
 
 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ