arrow

'सत्ताका लागि खिचातानीले विकासमा अवरोध'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
khagraj-adhikari-gandaki.jpg

काठमाडौं ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् । 

सोमबार एक कार्यक्रममा उनले लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपाल विकास निर्माण र समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए ।
 
“राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै संसद्मा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाउनुले नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न सकेको छैन”, मुख्यमन्त्री अधिकारीले भने, “स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएका कारण केही मात्रामा भए पनि स्थानीयस्तरका कार्यक्रम तथा योजनाले पाँच वर्षका लागि भए पनि निरन्तरता पाएको छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाबाट बन्ने सरकार छोटो समयमा उदय र विलय हुने थलो बनेको बताउँदै उनले अब जुनसुकै दल सरकारमा गए पनि हामीले बनाएको कानूनलाई पालना गरी इमान्दारीपूर्वक जनताको सेवामा जुट्न जोड दिए । “लोकतन्त्र, बहुजाति, बहुभाषा र बहुसंस्कृति भएको देशमा मेलमिलापको बाटोबाट नै सरकार र दल अगाडि बढ्नुको विकल्प छैन”, मुख्यमन्त्री अधिकारीले भने, “साझा अधिकारका सूचीअन्तर्गत कानून निर्माणमा दलले सक्रिय चासो नदेखाएका छैनन्, त्यसतर्फ आमी सबैको ध्यान जान जरुरी छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ