arrow

महामन्त्री शर्माले शिलान्यास गरेको भवनको काम धमाधम

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ चैत १४ मंगलबार
congress-gauradaha.jpg

गौरादह । झापा जिल्लाको गौरादह नगरपालिका वडा न ३ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गौरादह नगरपालिकाको कृषि क्याम्पस मोडदेखि करिब तीन सय मिटर पश्चिममा कांग्रेसको वडा न ३ अन्तर्गतको पार्टी कार्यालय भवन निर्माण कार्य भइरहेको हो । 

कुल २० लाख अनुमानित लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य सहित ४५ फिट लम्बाई र २० फिट चौडाइ क्षेत्रफल भएको पार्टी कार्यालय भवन निर्माण गरिँदै आएको सोही वडाका पार्टीका वडा सचिव रुद्र धमलाले जानकारी दिएका छन् ।

No description available.

गत २०७८ साल फागुन ९ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त भवनको शिलान्यास गरेका थिए । पार्टी कार्यालय भवन निर्माण स्थलका लागि गौरिगन्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष स्थानीय दिपिन्द्र थापाले १५ लाख मूल्य बराबरको १० धुर जग्गा उपलब्ध गराएका हुन । 

सोही समयमा पार्टीको विभिन्न जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ताहरूले ६ लाख ३८ हजार रकम साथै निर्माण कार्यका लागि आवश्यक पर्ने इँटा ढुङ्गा लगायतका निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । 

प्रतिबद्धता रकम मध्ये हाल सम्म २ लाख ८७ हजार रकम निर्माण समितिलाई उपलब्ध भैसकेको र अन्य रकम सङ्कलनको क्रममा रहेको पार्टी कार्यालय भवन निर्माण समिति संयोजक तथा पार्टीका वडा सभापति गोपाल बरालले जानकारी दिए ।  

पार्टीका सहयोगी दाताहरूको स्वैच्छिक सहयोग रकम बाट निर्माण सम्पन्न गर्न लागिएको उक्त कार्यालय भवनमा आवश्यक रकम अभावका कारण यस वर्ष ट्रसको छाना लगाइ निर्माण सम्मपन गरिने तथा आगामी वर्षमा व्यवस्थित ढलान युक्त सुविधा सम्पन्न भवन निर्माण गरिने निर्माण समितिका संयोजक गोपाल बरालले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ