arrow

गोविन्द केसीको माग पूरा गर्न खोज्दा डीनको कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
Govinda-kc-new-photo.jpg.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकिस्ता शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी भएको छ । सोमबारदेखि अनसनरत डा. गोविन्द केसीको माग अनुसार सरकारले वरिष्ठताको आधारमा डीन नियुक्ति गर्नलागेपछि अकस्मात डीनको कार्यालयमा तालाबन्दी भएको हो । 
 
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताको आधारमा डा. जेपी अग्रवाललाई नियुक्ति गर्ने तयारीगरेसँगै डीनको कार्यालयमा तालाबन्दी भएको हो । मन्त्रिपरिषद्को बैठक चलिरहेको समयमा भएको तालाबन्दीको विषयमा मन्त्रिपरिषद् बैठकमा समेत खबर पुगिसकेको थियो । 
 
केसीले सरकारलाई माग सम्बोधनका लागि दिएको एक साताको अल्टिमेटम सोमबार दिउँसो ३ बजे सकिएपछि उनी अहिलेपनि अनसन बस्न थालिसकेका छन् । केसीले अघिल्लो साता सरकारले माग सम्बोधनको लिखित ड्राफ्ट दिएपछि अनसन स्थगित गरेका थिए । 
 
उनकै माग पूरा हुनेगरी शिक्षा मन्त्रालयले डीनको नियुक्ति गर्ने तयारी गरेको भएपनि नियक्त हुनुभन्दा पहिले तालाबन्दी भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ