arrow

एमालेको मिसन अर्को चुनावसम्ममा एकल बहुमत : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबको आमनिर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने ‌बताएका छन् ।  'मिसन ग्रासरुट' अभियानअन्तर्गत बुधबार रुपन्देही पुगेका ओलीले यस्तो बताएका हुन् । 

उनले  'मिसन ग्रासरुट' को मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्‍याई एकल बहुमत ल्याउने रहेको बताए । 'अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्छ', उनले भने, 'अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन ।'

एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टी पङ्क्ति जनतासमक्ष जान नसकेको र जनतालाई राम्रोसँग बुझाउन नसकेको बताउँदै अध्यक्ष ओलीले ती भ्रम चिर्न अहिलेको 'मिसन ग्रासरुट' अभियान ल्याइएको बताए । 

'हामीले असल अभ्यासको थालनी गर्‍यौँ, ३० वर्षमा हुन नसकेका काम नौ महिनामै गर्‍यौँ, तर हामीले जनतालाई बुझाउन सकेनौँ', उनले भने, 'यति धेरै शक्तिशाली पार्टी कमिटी निष्क्रिय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौँ, अब त्यसरी चल्दैन, अब धार लगाऔँ, विकास र समृद्धिको बाहक बनौँ अहिलेको मिसन पूरा गरौँ ।'

उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताए । उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प बोकेको पार्टीले  बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गरे । 

'देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन', अध्यक्ष ओलीले भने, 'त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ