arrow

ओलीको क्षेत्र पुगेर गौतमले के भनिन् ?

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ चैत १९ आइतबार
sovita.JPG

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रका जनतामा असन्तुष्टि रहेको बताएकी छन् । रास्वपा गौरादहले  शनिबार आयोजित आम भेलालाई सम्बोधनका क्रममा उनले उक्त कुरा बताएकी हुन । 

आम भेलाको उपस्थितिलाई देखेर आफूलाई काठमाडौँको खुल्ला मञ्चको याद आएको भन्दै यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री ओलीलाई पठाएका आम जनतामा अब आफ्नो प्रतिनिधि अर्कै खोज्नुपर्छ भन्ने आभास आफुलाई भएको बताइन ।         

पूर्व प्रधानमन्त्रीको क्षेत्र भएकोले नेपालको इतिहासकै सशक्त ओलीको कर्मदेखि यहाँका नागरिकहरू सन्तुष्ट भएर यहाँ कुनै पनि किसिमका  गुनासाहरू छैनन् होला भन्ने आफूलाई लागेको थियो , तर आज यहाँ आएर बुझ्दा यथार्थमा त्यो नभएको आफुले पाएको बताइन ।                

एक अर्को प्रसङ्गमा आफू पहिलो पटक गौरादह आएको भन्दै  भर्खरै जन्मिएको रास्वपा जनतामाझ एउटा परीक्षामा रहेको बताउँदै आफू र आफ्नो पार्टी उक्त परीक्षा देखि खुशी भएको र आगामी दिनहरूमा  आफूहरू उक्त परीक्षामा परिणाममुखी बनेर निस्किने सुनाइन् । 

No description available.

आफूहरू परिणाममुखी राजनीति गर्ने सङ्कल्प लिएर राजनीति यात्रामा आएकोले पछिल्लो राजनीतिक समीकरणमा आफूहरूलाई सत्ता समीकरणकै आरोप लागेपनी आफूहरूले प्राप्त गरेको मत परिणामको उपलब्धिलाई संरक्षण गर्न र निर्वाचन मत परिणाममा कुनै पनि दलको स्पष्ट बहुमत नरहँदा मतदाताले जसरी पनि गठबन्धनको सरकार बन्नुपर्ने म्यान्डेट दिएकोले उक्त म्यान्डेटमा जनताको भावनाको सही अर्थ पुरा गर्न संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको नेकपा एमाले सहित ४ दलको अघिल्लो गठबन्धन सरकारमा आफूहरूको प्रतिनिधित्व रहेको बताइन् ।                

 "साथै जनतालाई आश्वासनमा मात्र नराखेर वहाँहरूको विश्वास र वहाँहरू सँगको बाचालाई पुरा गर्न आफूहरू उक्त सरकारमा सामेल भएका थियौ " सांसद गौतमले भनिन् । आफ्नो पार्टी सरकारमा सामेल हुदैगर्दा सरकारको न्यूनतम साझा कार्यक्रममा रास्वपाको घोषणापत्रमा उल्लेख भएका ७५ प्रतिशत कुराहरू समेटिएको बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ