- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टिनालाई विश्व्कप फुटबल दिलाउन सफल लियोनल मेस्सीलाई अहिलेसम्मकै कीर्तिमानी रकमको अफर आएको छ । उनलाई साउदी फुटबल क्लबले अफर गरेको हो ।
पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लबले लिएको पाँच महिना नहुँदौ मेस्सीलाई साउदीबाटै कीर्तिमानी अफर आएको हो । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले मेस्सीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको हो ।
उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग सम्झौता सकिन तीन महिनामात्र बाँकी रहेका बेलामा साउदी क्लबले उक्त अफर गरेको हो ।
मेस्सी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ ।
मेस्सीसँग पीएसजीले सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको छ । त्यस्तै स्पेनिश क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चा पनि भइरहेको छ ।
तर एसियाली क्लब एकाएक सनसनीपूर्ण सम्झौता गर्न आतुर देखिएको छ । रोनाल्डो साउदी क्लब अल नासरबाट खेलिरहेका छन् । नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।