arrow

पाकिस्तानले लगायो भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
hindi-film.jpeg
काठमाडौ । भारतसँग पछिल्लो समय तनाव बढेसँगै पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ ।
 
पाकिस्तानी सैनिक बलप्रति ऐक्यवद्धता जनाउन पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएको कराँचीस्थित न्युपेक्स सिनेमालाई उद्रित गर्दे पाकिस्तानी संचार माध्यहरुले जनाएका छन् । 
 
अहिले हलहरुमा पाकिस्तानी चलचित्रहरु मात्र प्रदर्शनमा छन् । प्रदर्शन तयारी रहको अमिताभ बच्चनको बलिउड चलचित्र पिंकको प्रदर्शन तत्कालको लागि रोकिएको छ । 
भारतले पनि यस अगाडि पाकिस्तानसँगको आपसी टकरावलाई लिएर पाकिस्तानी अभिनेता, गायक र संगितकर्मीलाई भारतमा काम नगर्न चेतावनी दिएको थियो । 
 
पाकिस्तान र भारतपछि पछिल्लो समय तनाव बढ्दै गएको छ । गत सेप्टेम्वरमा मात्र उग्रवादी समुहले भारतको एक सैनिक अखडामा हमला गर्दा १८ जना भारतीय सैनिक जवानको ज्यान गएको थियो । 
 
यस्तै बिहीवार विहान भारतीय सेनाले पाकिस्तानसँग जोडिएको नियन्त्रण रेखामा हमला गर्दा दुईजना पाकिस्तानी सैनिको मृत्यु भएको थियो ।  भारतले घटनको सबै जिम्मा पाकिस्तानले लिनुपर्ने जनाउँदै आएपनि पाकिस्तानको भने उक्त कुराको खण्डन गर्दे आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ