arrow

एजेण्डामा आधारित बहस गर्न ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले वैशाख १० गते हुने उपनिर्वाचनलाई एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार अध्यक्ष ओलीले उपनिर्वाचनमा उत्रिएका उम्मेदवारलाई शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन् । 

ओलीले लेखेका छन्,' धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।'

वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशित हुँदै छ। ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्सिर ४ को निर्वाचनमा बहसका निम्ति बोलाएको समेत सम्झिएका छन् ,' मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यस बेला मेरो प्रयास सफल भएन।' 

उनले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ