arrow

बिर्तामोडमा जनवादी साङ्गीतिक कार्यक्रम हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
jivan-sharma.JPG

बिर्तामोड । “राष्ट्रका लागि सङ्गीत अभियात्रा” अभियान अन्तर्गत वरिष्ठ जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौँ कलाकारहरूको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा भव्य साङ्गीतिक कार्यक्रम हुने भएको छ।

झापाको बिर्तामोड स्थित अतिथि सदनको भवनमा बिहीबार पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरू सहितको टिमले २५ गते बिर्तामोड स्थित सिटी सेन्टर स्थित साझा पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि साङ्गीतिक कार्यक्रम गर्ने साथै प्रवेश नि:शुल्क रहेको पनि जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ जनवादी कलाकार जीवन शर्माले देशभर हुने सबैखाले मेला महोत्सवमा जनवादी कलाकारको सहभागिता गराउनुपर्ने माग राख्दै जनवादी कलाकार विना कुनै पनि सार्वजनिक मेला महोत्सव सञ्चालन नगर्न अपिल गरेका छन्, ।

हरेक मेला महोत्सवमा छाडा खालका गीतले प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई बेवास्ता गरेर कुनै पनि कार्यक्रम आयोजना नगर्न अपिल गरेका हुन्, ।

अर्धनग्न नृत्य र छाडा गीत सङ्गीतमा कुम हल्लाउने नेताहरूलाई पनि सचेत गराउन आवश्यक रहेको भन्दै जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।

जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारहरू बेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको समेत उनले बताए ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । वरिष्ठ वामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि सङ्गीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट शुरु भएको अभियात्रा वैशाख ५ गते काठमाडौं प्रज्ञा भवनमा पुगेर समापन हुने टोलीका सदस्य तथा कलाकार चिरण सि ले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ