arrow

बढ्यो चीन–पाकिस्तान सैनिक सहकार्य, पश्चिमाका लागि खतराको घण्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
china-pakistan-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चीन र पाकिस्तानको सैनिक सम्बन्ध पछिल्लो समयमा भन्दा धेरै नै बढिरहेको एक अध्ययनले देखाएको छ । चीन इन्डेक्स २०२२ को अध्ययन अनुसार चीनले सहयोग गर्ने ८२ देशहरूमा पाकिस्तान सबैभन्दा माथि रहेको पाइएको छ ।

पाकिस्तानमा चीनको प्रभाव प्रविधि, वैदेशिक नीति र सैनिक गरी तीन क्षेत्रमा व्यापक रहेको उक्त अध्ययनले देखाएको छ । अमेरिकास्थित शान्तिका लागि अध्ययन केन्द्र (यूएसआईपी) का वरिष्ठ अध्ययनकर्ता समीर लालवानीले गरेको अध्ययनमा पाकिस्तान माथि चीनको गहिरो प्रभाव परेको पाइएको छ । 

यो चीन पाकिस्तान सम्बन्धको सुरुवात भएयता सबैभन्दा बढी रहेको बताइएको छ । उक्त सम्बन्धले दक्षिण एसियाको सम्बन्धहरूलाई प्रभाव पार्ने निश्चित रहेको छ । यसैगरी उक्त सम्बन्ध पश्चिमा देशहरूका लागि पनि उति नै खतरनाक हुनसक्ने भनेर औँल्याइएको छ । 

सिपेकभन्दा ठूलो लगानी पाकिस्तान सेनामा भइरहेको छ । जुन दक्षिण एसियाका लागि खतराको घण्टीका रूपमा लिन सकिन्छ । उक्त अध्ययन अनुसार भूराजनीतिक परिवर्तन हुनुका प्रमुख तीन कारण रहका छन् । 

पहिलो अमेरिका ( चीनको आर्थिक टकराब, भारत(चीन सम्बन्ध बिग्रिनु र अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता लैजानु रहेको अध्ययनले देखाएको छ । यो सबैको फाइदा चीनले पाकिस्तानमा सहयोग बढाएर लिइरहेको छ ।

पाकिस्तान र चीनले सैनिक अनुभव आदान प्रदान लगायत संयुक्त सैनिक अभ्यास, हातहतियारमा सहयोग र रणनीतिक महत्त्वका स्थानहरूमा एक(अर्काको सेनालाई बस्न दिनेसमेत कार्यले चीन(पाकिस्तान सैनिक एकताले नयाँ रूप लिएको छ । योसँगै सैनिक कूटनीति र सैनिक सहयोग आदानप्रदानले पनि नयाँ चरण प्रवेश गरेको छ ।

शीतयुद्धपछि पाकिस्तान चीनको भरपर्दो सैनिक साझेदार रहँदै आएको छ । यो क्रम पछिल्लो दशकमा झन्झन् बढ्दै गएको छ । अध्ययनअनुसार चीनले पाकिस्तानसँगको सैनिक सामीप्य बढाउनुमा हिन्द महासागरमा सैनिक गतिविधि बढाउनु रहेको हो । पाकिस्तानको पश्चिमी तटीय क्षेत्रमा सैनिक गतिविधि बढ्दो क्रममा रहेको छ ।

चीनले पाकिस्तान र रुससँगको सैनिक सम्बन्धमा बढोत्तरी गर्दै आएको छ । यी दुई देश चीनका लागि महत्त्वपूर्ण मानिएको छ । 

अहिलेको अवस्थामा युक्रेनसँग युद्धमा रहेको रुसलाई पनि चीनको सहयोग आवश्यक पर्ने हुनाले रुसले चीनका अनुसार निर्णय गर्दै आएको छ । यसरी दक्षिण एसिया र पश्चिमी देशहरूलाई चीनको नयाँ विस्तारले सशंकित बनाएको छ।

गत दशकमा हेर्ने हो भने चीन पाकिस्तानका लागि हतियार उपलब्ध गराउनेमा पहिलो नम्बरमा आउँछ । सन् २०१५ मा पाकिस्तानले आफ्नो कुल हतियार खरिदको ७० प्रतिशत हतियार चीनबाट किनेको थियो ।

त्यसैगरी चीनले पाकिस्तानलाई ब्यालेस्टिक मिसाइल, युद्धक विमान, युद्ध ट्याङ्कर बनाउनका लागि मान्यता दिएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीन र पाकिस्तान मिलेर ठूलो मात्रामा लडाकु विमान निर्माण गर्दै छन्  । 

दुवै देश आतङ्कवादविरुद्ध सहयोग बढाउन र आतंकवादसँग लड्न एक अर्कालाई सहयोग गर्नसमेत सहमत भएका छन् जुन बाँकी विश्वका लागि खतराको घण्टी हो ।

चीनले पाकिस्तानको कराँचीमा नयाँ परमाणु रियाक्टरको लागि करिब ६४३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । पाकिस्तानमा बन्न लागेको यो रियाक्टर सन २०१९ मा पुरा हुने बताइएको छ । यो रियाक्टरबाट ११ सय मेगावाट बिजुली उत्पादन गर्न सकिनेछ ।

पाकिस्तानको ऊर्जा समस्या समाधानका लागि सहयोग भनिए पनि आणविक हतियारका लागि तयारी रहेको आशङ्का गर्न थालिएको छ । सन् १९७० र १९९०को बीचमा चीनले पाकिस्तानलाई आणविक हतियार प्रवर्धनमा सहयोग गरेको थियो ।

चीनले मात्र पाकिस्तानलाई हातहतियारमा सहयोग गरेको होइन पाकिस्तानले पनि चीनलाई सहयोग गरिरहेको छ । 

ओसामा बिन लादेनलाई मार्ने क्रममा पाकिस्तानको अबोटाबादमा खसेको अमेरिकी हेलिकप्टर ब्ल्याक हक चीनलाई उपलब्ध गराएर चीनलाई उक्त आधुनिक हेलिकप्टरकाबारे जानकारी दिएको थियो ।

त्यसैगरी पाकिस्तानले अफगानिस्तानमा नपड्किएको टोमाहक मिसाइल पनि चीनलाई उपहार स्वरूप दिएको थियो । यसरी अमेरिकन आधुनिक हतियार र हेलिकप्टर दिएर पाकिस्तानले चीनलाई सहयोगको बदलामा सहयोग गरिरहेको छ ।

गत २० वर्षमा चीन पाकिस्तानलाई हतियार बेच्ने पहिलो देश बनिसकेको छ । यस क्रममा पाकिस्तानमा रहेको आणविक हतियारलाई पनि आधुनिकरण गर्न चीनले राम्रो सहयोग गरिरहेको छ । 

नयाँदिल्लीले पछिल्लो समय भइरहेको सबै विकासक्रम सूक्ष्म रूपमा नियालिरहेको छ भने वासिङ्टनले पनि यही रूपमा दुई देशको सम्बन्धबारे सूक्ष्म अध्ययन गर्न आवश्यक रहेको अनुसन्धानले देखाएको छ ।

लण्डनस्थित किङ्ग्स कलेजमा युद्ध अध्ययन गरेकी आयशा सिद्दकीका अनुसार पाकिस्तानको सैनिक सहयात्रा चीनसँग १९६० देखिको हो तर यो अहिलेको समयमा झन् बढिरहेको छ । 

पाकिस्तानका लागि अहिले चीन बाहेक अरू देश हेर्न पनि गाह्रो छ । पाकिस्तानको आर्थिक अवस्थाले गर्दा चीनबाहेक ऊसँग विकल्प नरहेको सिद्दकीको बुझाइ रहेको छ ।

पछिल्लो समयमा पाकिस्तानी सैनिक अभ्यास वा तालिमका लागि पश्चिमा देशहरू जान छाडिसकेका छन् । 

उनीहरूको सबै काम चीनमा हुने गरेको छ।  यस क्रममा पाकिस्तान पूरै चीनमा निर्भर हुन थालिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ