arrow

कोरोनाबाट थप एकको मृत्यु, १२१ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
nepal-corona-virus.jpg

काठमाडौं । बुधबार कोरोना भाइरसका १२१ नयाँ संक्रमित थपिएका छन् । मंगलबार १०६ संक्रमित थपिएका थिए भने यो संख्या सोमबार १२४ रहेको थियो । यो वर्षकै सबैभन्दा बढी संक्रमित यिनै तीन दिन देखिएका छन् । 

६२० पीसीआर परीक्षणबाट ५८ तथा १ हजार ७५७ एन्टिजेन परीक्षणबाट ६३ संक्रमित देखिएका हुन् ।  त्यस्तै थप एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ । मंगलबार पनि एक जनाको ज्यान गएको थियो । त्यसअघि गत पुस अन्त्यतिर एक जनाको ज्यान गएको थियो । 

बुधबार ८१ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित बढेर ४४५ पुगेका छन् । ४२ हजार १८० जनाले खोप लगाएका छन् । 

संक्रमण बढ्ने क्रम अझै बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ नेपालमा पनि ब्यापक रुपमा देखिएसँगै मन्त्रालयले केही समय कोरोना तीव्र गतिमा फैलने मन्त्रालयको दाबी रहेको हो । 

काठमाडौं उपत्यकामा संक्रमित भएकामध्ये २५ जना संस्थागत आइसोलेसनमा, ११ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा रहेका छन् । 
उपत्यका बाहिरको तथ्यांक भने मन्त्रालयले सार्वजनिक गर्ने गरेको छैन । तर सुदूरपश्चिमका जिल्लाहरुसँगै सीमा जोडिएका रुपन्देही लगायतमासमेत कोरोना तीव्र गतिमा फैलिएको बताइन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उपत्यका बाहिर खासै संक्रमित नभएको र गम्भीर प्रकृतिका पनि नभएकाले तथ्यांक समावेश नगरिएको बताएका छन् । 

खुला सीमाका कारण भारतबाट आउनेहरुले कोरोना तीव्र रुपले फैलाएको आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ