- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादहमा सिक्किमकी लेखक तथा साहित्यकार गीता श्री शर्मा द्वारा लिखित लघुकथा ' विडम्बना ' लाई नाट्य रूपान्तर गरि मञ्चन गरिएको छ ।
गौरादह जेसीज द्वारा आयोजित नयाँ वर्ष २०८० को स्वागत तथा शुभकामना आदान- प्रदान गर्ने उद्देश्य अनुरूप आयोजित साहित्यिक कार्यक्रम जेसीज साँझमा मोरङको झोराहाटमा रहेको झोराहाट नाट्य समूहका नाटककार र गौरादहका कलाकर्मी हरूको संयोजनमा 'विडम्बना ' नाटक मञ्चन गरिएको थियो ।
सामाजिक परिवेशको कथावस्तुमा आधारित यथार्थपरक नाटकमा समाजमा घट्ने घटनालाई नाटकको रूपमा कलाकार हरूले आफ्नो प्रस्तुति मार्फत दर्शन दिर्घालाइ मनोरञ्जन प्रदान गरेका थिए ।
नाटकको भित्री कथा अन्तरगत नाटकका मुख्य पात्र धनबहादुरले आफ्नो श्रीमती गुमाएको पिडालाई भुलाउन रक्सीको सहारा लिने सिलसिलामा भट्टीको यात्रा तय गर्न पुग्दछ । सोही क्रममा आफ्नो श्रीमान् गुमाएकी भट्टीवालनी साहुनी लाई नै कान्छी श्रीमती बनाएर धनबहादुरले आफ्नो घर भित्र्याउँदा घरमा भएका उमेरले हुर्किएका छोरा र छोरीमाथि जबरजस्त रूपमा थोपरिएको उपेक्षा र साहुको ऋण मिनाहाका लागि आफ्नी छोरीलाई महाजन सँगै विवाह गराइ सुम्पिएको कथा पोखिएको छ ।
उता आफ्नो श्रीमती गुमाएर नयाँ दुलही ( धनबहादुरकी छोरी ) भित्राएको महाजनको परिवारमा आफ्नी आमाले हुर्काएर लालन पालन गर्दै गरेको टुहुरो बच्चा लाई नवदुलही बनेकी धनबहादुरकी उमेरले १६/१७ मात्र टेकेकी एक नारी जसले सौतेनी छोरी टुहुरी बच्चालाई स्याहार्नुपर्ने विडम्बना पूर्ण परिस्थितिको अवस्था सम्मको कथा लाई नाट्यरुपान्तर गरि मञ्चन गरिएको थियो ।
कथाका पात्रहरूमा झोराहाट नाट्य समूहका अध्यक्ष नाटककार भरत गुरागाईँ बर्बरिक , नाटककार छत्र काफ्ले तथा गौरादहका उदीयमान नाटककार किरण भेटवाल , सुस्मा दाहाल , पूजन खरेल र लीला खत्रीले आफ्नो प्रस्तुति नाटक मार्फत पस्किएका थिए ।