arrow

कोरोनाका १०६ संक्रमित थपिए, उपत्यकामा अस्पताल भर्ना हुने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । बिहीबार १०६ संक्रमित थपिएका छन् । जसमा ५४१ पीसीआर परीक्षणबाट ६४ तथा ९४७ एन्टिजेन परीक्षणबाट ४२ संक्रमित थपिएका हुन् । 

बिहीबार ७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३१ हजार ५५५ जनाले खोप लगाएका छन् । 

हाल पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ । 

काठमाडौं उपत्यकामा भने अस्पतालमा भर्ना हुने संक्रमित बढेका छन् । जसमा २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

त्यस्तै १२ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा रहेका छन् । बिहीबार थप कसैको ज्यान गएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ