arrow

बालकोटमा सभामुखसहित शीर्ष नेताबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
prachanda-deuba-oli-devraj.jpg

काठमाडौं ।  संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो । 

भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो । उनी केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेट भएको हो । 

उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ