arrow

मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
IMG_8810.jpg

काठमाडौं। मिटरब्याजी विरुद्धको संघर्षका क्रममा प्रहरीले अमानवीय र दमनको व्यवहार देखाएको भन्दै पीडितहरुले आपत्ति जनाएका छन् । 

सोमबार पहिले प्रहरीले ढुङ्गा प्रहार गरेको एक पीडितले बताएका छन् । पीडित घाइतेहरुलगायत सम्पूर्ण मिटरब्याज पीडितको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो । 

यता, मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत गरेका छन् ।  प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरुले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।

सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते भएका थिए । मिटरब्याजीविरुद्ध किसान–मजदूर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले शान्तिपूर्ण आन्दोलनमा रहेकालाई सरकारले दमन गरेको भन्दै आपत्ति जनाए । 

IMG_8790.jpg
IMG_8814.jpg
IMG_8813.jpg
IMG_8811.jpg
IMG_8799.jpg
IMG_8810.jpg
IMG_8807.jpg
IMG_8802.jpg
IMG_8779.jpg
IMG_8753.jpg
IMG_8792.jpg
IMG_8797.jpg
IMG_8820.jpg
IMG_8750.jpg
IMG_8818.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ