arrow

बेवास्ताको परिणाम

कोरोनाबाट एकै दिन दुई जनाको मृत्यु, १७१ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसबाट मंगलबार एकैदिन दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै १७१ नयाँ संक्रमित थपिएका छन् । यो गत वर्षदेखिकै उच्च हो । ९८० पीसीआर परीक्षणबाट १०५ तथा १ हजार ३१२ एन्टिजेन परीक्षणबाट ६६ जनामा संक्रमण देखिएको हो । 

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३९७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २२ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयूमा तथा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

८५ जनामात्र संक्रमणमुक्त भएका छन् । ३१ हजार ४९३ जनाले खोप लगाएका छन् । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ