arrow

गाडीले किचेर मृत्यु, राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एक जनाको ज्यान गएको छ । 
 
ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 
विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । 
 
गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् । 
 
शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् । 
 
राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले राससलाई जानकारी दिए । 
 
राजमार्ग खुलाउन प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ