arrow

जेल र नेल सहने गायकले गौरादहमा माया गर्छु भनेपछि

logo
युवराज रेग्मी,
प्रकाशित २०८० वैशाख ६ बुधबार
layan-dohori.JPG

गौरादह । बहुचर्चित एल्बम लोकप्रिय गीत "जेल पनि सहुला कान्छी नेल पनि सहुला " का गायक बलबहादुर राजवंशीले लायन्स क्लब गौरादह द्वारा आयोजित चिल्ड्रेन पार्क निर्माण सहयोगार्थ फुड फेस्टिबलमा स्थानीय दर्शकहरू माझ मंगलबार साँझ उक्त गीतका साथ आफ्ना केही अन्य चर्चित गीतहरूको प्रस्तुति दिएका छन् ।     

बलबहादुरले मेलिना राईको साथमा गाएको चर्चित युगल गीत "जेल पनि सहुला कान्छी नेल पनि सहुला " एकताका ट्रेन्डिङ नम्बरमा रहेको मार्मिक गीत हो । गायक बलबहादुरले आफ्नो अर्को चर्चित लोकप्रिय गीत "कित माया गर्छु भन , कि गर्दिनभन " भन्ने डान्सिङ गीत उक्त महोत्सवमा प्रस्तुत गर्दा दर्शक दीर्घातर्फको हुलमा नृत्य गर्ने दर्शकहरूको माहोल एकदम तातिएको थियो ।      

गौरादह नगरपालिका वडा न ८ जुरो पानी स्थायी घर भएका गायक बलबहादुरले आफ्नै स्थानीय ठाउँमा भएको महोत्सवमा गीत गाउन पाउँदा खुशी व्यक्त गरे ।साथै आयोजकले आफूलाई निम्ता गरेर स्थानीय ठाउँमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आयोजक प्रति उनले आभार समेत प्रकट गरेका थिए । 

 स्थानीय स्तरमा रहेका आफ्ना केही अग्रज कलाकार हरूलाई सम्झँदै आयोजक लाई उक्त कार्यक्रममा आफूलाई जस्तै अन्य स्थानीय कलाकारहरू लाई पनि प्रोत्साहन गर्न सुझाव समेत दिएका थिए ।      

कार्यक्रममा आफ्ना विभिन्न गीतहरूको प्रस्तुति दिने क्रममा दर्शकहरूको अनुरोध लाई स्विकार्दै आफ्ना चर्चित गीतको साथमा आफुले गाएका विभिन्न भाषाका गीतहरू समेत पस्किएका थिए । गौरादहको उक्त महोत्सवमा उनले राजवंशी र थारु भाषाका साथै आसामी भाषाका केही गीत समेत प्रस्तुत गरी दर्शक हरूलाई रोमाञ्चित तुल्याए ।    

 गायक बलबहादुर राजवंशी रेडियो नेपाल बाट आयोजना भएको देशव्यापी आधुनिक गायन प्रतियोगिता "द भ्वाईस अफ नेपालको सिजन दुईमा टिम प्रमोद तर्फ बाट टप ९ सम्म पुगेका कलाकार हुन । 

झापा गौरादह नगरपालिका वडा न ८ का स्थानीय नारायण प्रसाद राजवंशी र हाकिमवत्तीका छोरा गायक बलबहादुर राजवंशीले प्रारम्भिक शिक्षा श्री अरुणोदय प्रा.बि. तथा श्री गौरीगञ्ज मा.बि बाट कक्षा १० सम्मको अध्ययन पुरा गरे । अध्ययनकै क्रममा विराटनगरको सिद्धार्थ शिशु सदनबाट +२ गर्दै नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी बाट ल्याब असिस्टेन्ट कोर्स पूरा गरे । 

साथै नोबेल मेडिकल कलेज विराटनगरमा लामो समयसम्म ल्याब टेक्निसियनको रूपमा काम गरेका बलबहादुर हाल गायन छेत्रका पछिल्लो समयका चर्चित उदीयमान गायकहरूमा पर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ