arrow

आमा म फूलहरू टिप्दिन

logo
इन्द्र न्यौपाने,
प्रकाशित २०८० वैशाख ७ बिहिबार
indra-neupane.JPG

म फूलहरू टिप्दिन ...
मेरी आमा सधैँ पानी हाल्नु हुन्छ 
उ फूलोस भनेर ...
उसको बैँस हेर्न मन पराउनु हुन्छ आमा
मैले उसको यौवनमा भुलेर
जीवन खोस्न हुन्न 
म फूलहरू टिप्दिन..

शितको वजन थाम्न नसकेर
डालीनै निहुरिन्छ कोपिला सङै
जतनले त्यसलाई आमा उठाउनुहुन्छ

हरेक बिहान मन्दिर जाँदा
भुईँ..झरेको फूल लानुहुन्छ आमा 
भगवानलाई चढाउन 
जब आफ्नै जीवनदेखि हारेर फूल 
भगवानको शरण पर्न लायक हुन्छ 

आमाले भन्नु हुन्छ 
फूल नटिप्नु है नानी....
उ तिम्रो खुसीको लागि रङ्ग पोख्छ

मलाई माया र प्रेम गर्छौ भने 
मलाई खुसी राख्न चाहाँन्छौ भने
फूल नटिप्नु है......

आमा मेरो सबै कुरा हो
आमाको म पनि रहरको बिरुवा हो
मेरो जीवन र बैँस कसैले खोसेको 
आमालाई मन पर्दैन 
मेरो आमाको लागि 
म जस्तै प्यारो छ फूल
र 
म फूल टिप्दिन .....
म आमाका खुसीहरू लाई 
अपमान गरेर 
खुसी हुन सक्दिन
म फूलहरू टिप्दिन.....
(हो म कहिल्यै फूलहरू टिप्दिन) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ