arrow

रिसाए ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
kp-sharma-oli-serious-mood.jpg

काठमाडौं । आफूलाई झापादेखि इलामसम्म कालो झण्डा देखाए विरोध गरेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रिसाएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने सम्म गरेपछि ओली रिसाएका हुन् ।

बिहीबार ओलीको इलाम प्रवेशलाई रोक्ने प्रयास भएको थियो । पहिचानवादीहरूले इलाम नगरपालिका १० गोदकमा रुख लडाएर बाटो अवरोधका थिए भने  इलाम सदरमुकाममै कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो ।   

झापाको बुधबारेमा ओलीविरुद्ध नाराबाजी र बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम जाँदा कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। 

विरोधपछि ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताए।  उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ