arrow

ओलीमाथिको आक्रमणलाई लिएर एमालेको गृहमा गुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौं । आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि झापादेखि इलामसम्म कालो झण्डा देखाएपछि नेकपा एमालेले गृहमन्त्रीलाई गुहारेको छ । 

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्रालय पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गुहारेको हो । 

टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याएर कारबाहीको माग गरे ।  उनले अध्यक्ष ओली आफ्नो गृह जिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएको समेत बताए । 

नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्यवहार गर्नेलाई खोजी कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्रीले घटनाका सम्बन्धमा चाँडै नै सत्य तथ्य बाहिर ल्याउने वचन दिएको उनले बताए । 

झापाको बुधबारेमा ओलीविरुद्ध नाराबाजी र बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम जाँदा कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। पहिचानवादीहरूले इलाम नगरपालिका १० गोदकमा रुख लडाएर बाटो अवरोधका थिए भने  इलाम सदरमुकाममै कालो झण्डा देखाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ