arrow

'मलाई नै देश छोड भन्दै नारा लगाए'

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
kp-sharma-oli-serious-mood.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि पूर्वमा विरोध हुँदै आएको छ । पूर्वका जिल्ला भ्रमणमा रहेका ओलीको  प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले विरोध गर्दै आएका छन् । पूर्वमा अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने सम्म भएको छ  ।

इलाम हुँदै पाँचथर पुगेका ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने बताएका छन् ।

'विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्', ओलीले भने, 'मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।

झापाको बुधबारेमा ओलीविरुद्ध नाराबाजी र बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम जाँदा कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए।  ओलीले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ