arrow

ओलीले पूर्वमा के-के भोगे, सुनाए फेहरिस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । नेपालको पूर्व तीन जिल्ला भ्रमण सकेर  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं आएका । झापा, इलाम, पाँचथर भ्रमण सकेर आइतबार ओली काठमाडौं आइपुगेका हुन् । काठमाडौं आएसँगै ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको बताएका छन् ।

पूर्वका जिल्ला भ्रमणमा रहेका ओलीको प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले विरोध गरेका थिए । पूर्वमा अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने सम्म गरिएको थियो ।

ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले २०-२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचथरमा आक्रमणको प्रयास गरेको बताए ।

'हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यस प्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन', उनले भने । 

पाँचथरमा ओलीविरुद्ध नाराबाजीसहित कालो झण्डा प्रदर्शन भएको थियो । ओलीको इलाम प्रवेशलाई रोक्ने प्रयास भएको थियो । पहिचानवादीहरूले इलाम नगरपालिका १० गोदकमा रुख लडाएर बाटो अवरोधका थिए भने इलाम सदरमुकाममै कालो झण्डा देखाएका थिए ।

प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । झापाको बुधबारेमा ओलीविरुद्ध नाराबाजी र बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम जाँदा कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। 

आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको छ भन्दै उनले भने, 'त्यो म आफैँले देखेर, भोगेर आएको छु ।' कोही कम्युनिष्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उनको भनाइ थियो । ओलीले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउँदै आएका छन् । दुई तिहाइ बहुमतले कोशी प्रदेशको नाम परिवर्तन गर्न मिल्ने र गरेर देखाउन र उनको चेतवनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ