arrow

ओखलढुङगामा अखडा जमाएर तास जुवा खेल्नेहरु को को भए पक्राउ ?

logo
जीवन शर्मा ।
प्रकाशित २०७३ असोज १८ मंगलबार
gamblers.jpeg
ओखलढुंगा । ओखलढुंगाका विभिन्न होटलहरुमा अड्डा जमाएर जुवा तास खेल्ने जुवाडेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । चाडवाड नजिकिदै जाँदा तास जुवा लगाएतका गैर कानुनी धन्दा गर्नेहरुलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गर्न थालेको हो । 
 
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले सदरमुकामस्थित राजेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको पाँच जनालाई तासको खालबाट पक्राउ गरेको छ । दिउँसै तास खेलिरहेको अवस्थामा भेटेपछि सदरमुकाम ओखलढुंगाको रामबजारका व्यापारी राजेन्द्रको घरबाट उनिहरुलाई पक्राउ गरेको हो । जुवातास नियन्त्रण अभियान अन्तर्गत तास खेलाउने गरेको सुचनाका आधारमा छापा मार्दा जुवाडेहरु हेमबहादुर कट्वाल, विशेश्वर बराल, युवराज राई, कुलबहादुर भुजेल र मोहन केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले पुरुष हिरासतमा राख्ने ठाउँ नभएर महिला हिरासतमा राखेको छ । 
 
तीन दिन अघि पनि उनीहरुलाई पक्राउ गरि चेतावनी दिएर छोडिएको भएपनि पूनः तासको खालमा भेटिएपछि हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक मिलन केसीले बताए । पटक पटक तास खेलिरहेको खालबाट समातिएकाले कारवाही प्रकृया अघि बढाइएको केसीको भनाइ छ । तास खेलाउने स्थानीय राजेन्द्र श्रेष्ठलाई भने प्रहरीले केहीसमय नियन्त्रणमा लिएर छाडेको छ । श्रेष्ठलाई छाडेपछि पक्राउ परेकाहरुले भने बर्षौदेखि तास खेलाउनेलाई प्रहरीले कमिसन लिएर उन्मुक्ति दिएको आरोप लगाएका छन् । 
 
छापा मार्दा प्रहरीले तास र नगद समेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पछिल्लो समयमा व्यवसायि, राजनीतिकर्मी, कर्मचारी समेतलाई तासको खालबाट पक्राउ गर्न थालेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ