arrow

दुर्गम वस्ती पलेङ्गमा बिजुली बलेपछि स्थानीयमा खुशी छायो

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
रामपुर (पाल्पा) । रामपुर नगरपालिकाको दुर्गम वस्ती पलेङ्गमा बिजुली बत्ती बलेपछि गाउँ नै झिलीमिली बनेको छ । रामपुर नगरपालिका–१४ मा पर्ने यस विकट र विकास निर्माणबाट पछाडि परेको दुर्गम गाउँ पलेङ्गमा नगरपालिका घोषणा भएको एक वर्षपछि बिजुली पुगेको छ । नगरपालिका भएर पनि भौगोलिकरुपमा विकट र विकास निर्माणका सुविधा नपुगेको पलेङ्ग गाउँमा बिजुली बत्ती बलेपछि गाउँ नै रमाइलो बनेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष नरबहादुर गाहाले बताउनुभयो । 
 
साविकको गेझा गाविसको रु एक लाख र नगरपालिकाको रु दुई लाख सहयोग, उपभोक्ताले प्रत्येक घरधुरीबाट उठाइएको रु ५० हजार गरी रु तीन लाख ५० हजारको लागतमा विजुली बत्ती बाल्न सफल भएको गाहाले बताउनुभयो । बिजुली बत्तीबाट पलेङ्ग गाउँका २१ घरधुरी लाभान्वित भएको वडा नागरिक मञ्चका संयोजक टङ्क खनालले बताउनुभयो । बिजुली बत्ती पुगेपछि गाउँमा विद्यार्थीलाई पढ्न, खान पकाउन, टिभी हेर्न, रेडियो बजाउन, कम्प्युटर चलाउन सजिलो भएको उपभोक्ताहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ