arrow

'शिवाय'मा कुनै पाकिस्तानी कलाकारको अभिनय छैन :अजय देवगन

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
shivaay.jpeg
एजेन्सी । बलिउड अभिनेता अजय देवगनले आफ्नो चलचित्र 'शिवाय'मा कुनै पनि पाकिस्तानी कलकारको अभिनय नरहेको बताएका छन् । देवगनका प्रवक्ताले सोमबार एक प्रेस नोट जरि गर्दै अजयको आगामि चलचित्र शिवायमा कुनै पाकिस्तानी कलाकार नरहेको जनाएका हुन् । शिवायमा पाकिस्तानी अभिनेत्री सबा कमरले अभिनय गरेको अनुमान गरिएको थियो । 
 
उरी हमलापछि भारत र पाकिस्तानबीच तनाव त छ नै भारतमा काम गर्दै आएका पाकिस्तानी कलाकारले  समेत समस्या भोगेका छन् । शुक्रबार चलचित्र निर्माता संघले एउटा प्रस्ताव पारित गरेर पाकिस्तनी कलाकारहरु माथि अस्थाई प्रतिबन्ध लागाएको छ ।
 
राज ठाकरेको संगठन  एमएनएसले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न धम्की दिएको छ । साथै चलचित्र 'ए दिल हे मुश्किल' र 'रईस' चलचित्रको विरोध हुने सम्भावना बढेको देखिन्छ । चलचित्रमा  पाकिस्तानी कलाकार फवाद खान र माहिरा खानले अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ