- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार आजदेखि व्यवस्थित गरिएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न शुरु गर्न भनेसँगै सोही अनुसार भइरहेको हो ।
आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट शुरु गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
जसअनुसार पहिलो दिन न्यूरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गरी हटाइएको छ ।