arrow

१२० वर्षका शिवानन्दको स्वस्थ जीवन

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
120-yrs.jpeg
वाराणसी । जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य नै रहेछ भन्ने प्रमाणित भएको छ । त्यसको जिवित प्रमाण हुन् भारतको वाराणसीका १२० वर्षे स्वस्थ्य बाबा शिवानन्द । उनी निकै स्वस्थ्य छन् । त्यत्तिकै अनुशासन पनि । उनी बिहान ३ बजे बिस्तारा छोडिसक्छन् । स्नानपछि उनी एक घण्टा योग गर्छन् । उनको भोजन निकै सादा हुने गर्छ । 
 
बाबा शिवानंद
 
के खान्छन् यिनी जसले स्वास्थ्य यति राम्रो छ । उनले उसिनेको आलु, दाल–भात, दैनिक करेलाको तरकारी वा नीमको पात । शिवानन्द चिल्लो खानेकुरा मुखमै हाल्दैनन् । अचम्म त के भने यिनले दूध र फलफूलसमेत खाँदैनन् । मीठो नभएर होइन कि शिवानन्दलाई लाग्छ कि भारतमा अझै थुप्रै भारतीय गरिब छन् जसले दूध र फल खान पाउँदैनन् । सामान्यतया मानिसको बढी भन्दा बढी उमेर सय वर्षको हो । कसरी बाँचे त यतिधेरै वर्ष ? 
बाबा शिवानंद
 
उनको सबैभन्दा ठूलो राज यौन अनुशासन पनि हो । उनले यौन सम्पर्कलाई प्राथमिकतामै राखेनन् । उनले विवाह नै गरेनन् । उनी भन्छन्, ‘गुरुको कृपाबाट मलाई कहिल्यै यौनइच्छा नै भएन, कुनै रोग पनि छैन, मानसिक रुपले तन्दुरुष्ट छु ।’ उनले छ वर्षको उमेरदेखि गुरुआज्ञा पालना गरेका छन् । उनको जन्म सन् १८८६ अगष्ट ८ तारिखमा श्रीहट्ट जिल्लाको हबिवगंज महकुमा गाउँमा  ब्राम्हण परिवारमा जन्मिएका थिए । भारत टुक्रिएपछि यो गाउँ अहिले बंगलादेशमा पर्छ । उनी प्रवचनसमेत दिन्छन् । त्यसका लागि अमेरिका, इङल्याण्ड लगायतका देशमा गइसकेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ