arrow

महिला मृत अवस्थामा फेला 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० वैशाख २६ मंगलबार
dead2.jpg

झापा । झापाको सुरूङ्गास्थित एक होटलमा काम गर्ने २४ वर्षीया महिला झुण्डिएको अवस्थामा फेला परेकी छन् । सुरूङ्गा बजारमा चालु अवस्थामा रहेको हाम्रो पाथीभरा होटल एण्ड लज सञ्चालनका लागि भाडामा लिएको एक कोठामा २४ वर्षीया सीता बुढाथोकी चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छ्न ।

लज सञ्चालनमा रहेको घरमा कोठा भाडामा लिएर विगत नौ महिनादेखि बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापा रोडस्थित एक होटलमा काम गर्दै आएको बताइएको छ । मृतका श्रीमान् रमेश चौधरी भने सोही घरमा नै रहेको होटलमै काम गर्दै आएको होटलका सञ्चालकले जनाएका छन्।

गए राति १० बजेदेखि आफूहरु सुत्ने कोठामा नभएको बताउने श्रीमान् रमेश चौधरीले बिहान उज्यालो भएपछि होटलले प्रयोग गर्दै आएको खाली रहेको अर्को एक कोठामा उनी झुण्डिएको अवस्थामा फेला पारेको बताए ।

आज बिहान इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली घटनास्थलमा आइपुगेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर मिश्रले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ