arrow

घरमा लागेको आगो निभाउने क्रममा अघौखाँचीमा जलेर पाँच गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
fire-final_1618024271.jpeg

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भूमिकास्थान२ तिरतिरे खोलाका ५५ वर्षीय पदम बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे, ७२ वर्षीय पिताम्बर बेल्बासे र २६ वर्षीया अस्मिता बेल्बासे रहेका छन् ।

भूमिकास्थान नगरपालिका(२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ