arrow

अर्घाखाँचीमा आगलागीमा परी गम्भीर घाइते भएका चारमध्ये तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

अर्घाखाँची । भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान २ तिरतिरेमा पदम बेल्बासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासे र  ५२ वर्षीय घनश्याम बेल्बासेको उपचारको क्रममा ज्यान गएको हो ।

सो आगलागीमा परी घाइते भएकालाई शुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो । 

र, पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनै जनाको बाटोमै मृत्यु भएको छिमेकी विष्णु बेल्वासेले सञ्चारकर्मीलाई जानकारी दिए ।

 
उनका अनुसार सोही आगलागीमा  परेर घाइते अर्का ३६ वर्षीय माधव बेल्बासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ