- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तत्काल आयोग बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारेको प्रि–बजेट छलफलमा सहभागी हुँदै मोरङ ३ का सांसद शर्माले भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग तत्काल गठन गर्न माग गरेका हुन् ।
सो क्रममा उनले भ्रष्टाचार गरी कमाएको सम्पत्तिलाई राष्ट्रियकरण गर्न पनि प्रस्ताव गरेका छन् ।
त्यस्तै उनले सो क्रममा गरिब बालबालिकाको डाक्टर इन्जिनियर बन्ने कलिला सपना फक्रने वातावरण प्रदान गर्नसमेत माग गरेका छन् ।