- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गरेका छन् । आफूलाई धर्म परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै उनले सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गरेका हुन् ।
उनले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन सम्बोधन गर्दै उनले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए ।
नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई भन्ने र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन, यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौँ ।”
धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने बताउँदै उनले भने, “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन, सभ्य समाज नभई सभ्य र सुसंस्कृत राष्ट्र बन्न सक्दैन ।” उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएकोसमेत उल्लेख गरे ।