arrow

एमाले बैठक बस्दै :  

ओलीले पेश गरेको प्रतिवेदनमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
kp-oli-uml-meet.jpg

काठमाडौं । आज दोस्रो दिन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ देखि १२ बस्नेछ । हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बिहीबार पेस गरिएका प्रतिवेदनमाथि आज आठ समूहमा छलफल हुने छ । 

सोही आठ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्नेछ । आज नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाइने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । 

हिजोको बैठकमा ओलीले माओवादी शिविरमा भएको भ्रष्टाचारको छानबिन समेत गर्नुपर्ने बताएका थिए ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी परेपछि सबै व्यवस्थामा भ्रष्टाचार हुन सक्ने उनले बताएका थिए । ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको आरोप समेत लगाएका थिए ।

ओलीले रायमाझीलाई अहिले नै दोषी भन्न नमिल्ने बताएका छन् । प्रकरणमा मुछिएका निलम्बित एमाले सचिव रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा परेका रायमाझी बैठकमा उपस्थित छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ