arrow

नेपालगञ्जमा कोहलपुरकी युवती मृत फेला, हत्या शंका

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
Kohalpur_Nagarpalika.png

नेपालगञ्ज । नेपालगन्जमा एक जना युवती मृत अवस्था फेला परेकी छिन् । कोहलपुर नगरपालिका ६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी हुन् । 

नेपालगञ्ज उपमहानगरपालिका ९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिएका छन् । 

थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइहेको पनि प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ