- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु आरजू राणा देउवा र मञ्जु खाँड लगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।
काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भ्रातृ संस्थाहरुले गरेका भ्रष्टाचार विरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।