arrow

भ्रष्टाचार रोक्ने बालेनको प्रयासः कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन अपील गरेका छन् । 

काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर साहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् । 

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो अडियोसहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’


उनले मोबाईल नम्बर उपलब्ध गराउँदै भनेका छन, ‘हामीलाई ९८६३५९२०११ मा ह्वाट्सएपमा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ