- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकामा कार्यबाहक प्रमुखको जिम्मेवारी मोती तिमिल्सिनाले पाएका छन् । तिमिल्सिना पोखरा-२५ का वडाध्यक्ष तथा महानगरका प्रवक्तासमेत हुन् ।
महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ दुवै विदेश भ्रमणमा गएपछि तिमिल्सिनाले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका हुन् । उनले यसअघि पनि कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
महानगर प्रमुख आचार्य इजिप्टको कायरो र उपप्रमुख गुरुङ साइप्रस पुगेका छन् । आचार्य तिहारको भाइटीकाको दिन कायरो प्रस्थान गरेका हुन् भने उपप्रमुख गुरुङले तिहार साइप्रसमै मनाएकी हुन् ।
महानगर प्रमुख आचार्यले उपप्रमुख गुरुङ साइप्रस भएका बेला कार्यपालिका बैठकमार्फत करारका कर्मचारी हटाउने निर्णय गरेपछि तनाव उत्पन्न भएको छ ।
महानगरमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाउने निर्णयको विरोध गरेका छन् ।
उनीहरुले मंगलबार महानगरमा धर्ना दिएका थिए । धर्ना कार्यक्रमलाई महानगर संसदीय दलका नेता तथा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले संवोधन गर्दै करारका कर्मचारी हटाउने निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिएकी छन् ।