- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका लागि नौ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
नगर प्रमुख स्तरीय निर्णयले महानगरका प्रवक्ता एवं पोखरा-२५ का वडाध्यक्ष अध्यक्ष मोतीलाल तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समिति सदस्यमा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, पोखरा-५ का बिष्णुप्रसाद बराल, पोखरा-१३ का किरण बराल, पोखरा-१५ का तोरण बानियाका साथै पोखरा-३० का सदस्य विनोद लामिछाने, पोखरा-१६ का सदस्य रामचन्द्र आचार्य, पोखरा-२२ की कृष्णकुमारी पौडेल र पोखरा-२८ की डाल्डादेवी भुजेल रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले जानकारी दिए ।