arrow

ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
lalitpur-fire-brigade-106-years-old.jpg

काठमाडौँ। ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ। महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन्।

उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन। रोक्की राखेको थियो। ७३–७४ सालमा दमकल लिलामीमा राखियो। त्यो सूचना पाउनेसाथ झिक्यौँ। अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ।’

दमकलको चक्काहरू छन् कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ