arrow

सभ्यता संरक्षणमा जुट्दै युवा [फोटोफिचर ]

logo
युवराज रेग्मी,
प्रकाशित २०८० जेठ २ मंगलबार
sarsafai-gauradaha.JPG

झापा । झापाको गौरादह नगरपालिकाका युवाहरु सभ्यता संरक्षणमा स्वतःस्फूर्त रूपमा जुटेका छन् । 

गौरादह नगरपालिका वडा न १ र २ मा पर्ने कृश्नीघाटको मानव दाहसंस्कार स्थल वरपर फोहोर र प्रदूषण बढेको भन्दै त्यहाँका युवाहरु प्रदूषण नियन्त्रण तथा सभ्यता संरक्षणमा स्वतःस्फूर्त रूपमा जुटेका हुन ।

No description available.

भनिन्छ "कुनै पनि स्थानको सभ्यताको अवस्थालाई बुझ्नु छ भने त्यहाँका नदीनाला र तलाउहरू हेरे पुग्छ । " यसै परिप्रेक्षकमा गौरादहको पहिचान बोकेको कृश्निघाट ( नाम परिवर्तित सिस्ने पुल ) परिसरमा रहेको मानव दाहसंस्कार स्थल कृश्निघाट प्रयोग गर्नेहरूले उत्सर्जन गरेको फोहोरहरू यत्रतत्र छरिएकोले त्यहाँ वातावरण प्रदूषण बढेकोले भन्दै प्रदूषण नियन्त्रणका लागि युवाहरूले उक्त स्थल परिसरमा आज मङ्गलवार बिहान सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए ।

No description available.

घाटस्थल वरपर उत्सर्जन हुने फोहोर हरूको व्यवस्थापन नगरिए आगामी दिनमा यो स्थिति अझ विकराल बन्ने स्थानीय युवाहरूले बताए । अभियानमा गौरादह नगरपालिका वडा न २ अन्तरगतका ५ वटै टोल विकास संस्थाका अध्यक्ष लगायत स्थानीय युवा बुद्धिजीवीहरू सरिक भएका थिए ।

सरसफाइ कार्यक्रममा वडा न २ का वडा अध्यक्ष गोपाल प्रसाद कोइराला र वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो । वडाध्यक्ष कोइराला सहितको टोली एकाबिहानै हातमा झाडु र सरसफाइ सामग्री लिएर घाटस्थल वरपर रहेका मानव उत्सर्जित फोहोर सङ्कलन र व्यवस्थापन गरेको दृश्यले सभ्यता संरक्षणमा आम नागरिक अग्रसर बन्नुपर्ने सन्देश बोकेको थियो ।

No description available.

उक्त अभियानले आजै ५ सदस्यीय घाटस्थल व्यवस्थापन तथा सरसफाइ समिति समेत गठन गरेको थियो । स्थानीय युवा याम खनालको संयोजकत्वमा गठित उक्त समितिले आजैका मिति देखि उक्त स्थलको व्यवस्थापन , सरसफाइ र रेखदेख गर्ने वडा अध्यक्ष कोइरालाले बताए ।

No description available.

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ