arrow

 प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण तिर लाग्नुभयो : ओली  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-olis.JPG

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण तिर लागेको बताएका छन् ।  सरकारको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

माओवादीले एमालेसँगको सहकार्यमा निर्माण गरेको सरकार छोडेर पछि कांग्रेस  सहकार्य गरेको तर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले भने,'एमालेको निर्णायक पहलमा रास्वपा, राप्रपा लगायतका दलको नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भलै दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण तिर  लाग्नुभयो । मुटु प्रत्यारोपण भई सकेको भए पनि नेतृत्व वहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ सुने र पढे पनि  ।' 

अध्यक्ष ओलीले सरकारको यस अवधिमा  मुख्य काम गरेको छ भनी प्रश्न गरेका छन् । उनले ,'सरकारलाई यस अवधिमा मुख्य रूपमा के काम गरेको छ ? कसरी गर्छ ?  के आधारमा कुन जगमा यो नीति तथा कार्यक्रम आयो यो मैले पहिलाउनै पर्छ । कार्यक्रमको ढाँचा अध्ययन गर्ने कोसिस गरे । गठबन्धनले गरेको बाचासहित यस्ता कार्यको सङ्कल्प गरिएको हुन्छ । यसै दस्ताबेजका आधारमा बाहिरी मुलुकले सरकारलाई हेरेका हुन्छन् ।' 

एमालेले सरकारको नीति तथा कार्यक्रमलाई असमर्थन गर्ने निर्णय गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ