arrow

सरकारप्रति जनताको विश्वास बढ्ने कुनै काम भएको छैन : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-oli-parliament.JPG

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताको विश्वास बढ्ने कुनै काम नभएको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले  सरकारप्रतिको अविश्वास अभूतपूर्व रूपमा बढेको दावी गरेका हुन् ।

मुलुकको अर्थतन्त्र सङ्कटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर समेत अध्यक्ष ओलीले गरे ।  उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याए । 

उनले भने, ‘ सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्ने हो भने अभूतपूर्व ढङ्गले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढङ्गले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वाभाविक गतिविधिहरू बढ्दा छन् । प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र सङ्कटापन्न भइसकेको देखाएका छन् । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालू खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्ति समेत जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ