arrow

झापामा पोथी हात्ती मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
elephant-stress.jpg.jpg

बनियानी ।  झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे जानकारी दिए । 

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् ।

झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ