arrow

संसद्मा नेपालले केलाए ओलीका अवगुण

नेपालले ओलीलाई भने- सत्ता फुत्किएपछि अरूलाई सत्तोसराप गरेर हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
oli-nepal-breakup.jpg

काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीति गर्ने व्यक्तिले आलोचना सन्नको लागि पनि तयार हुनुपर्ने बताएका छन् ।प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै नेपालले अध्यक्ष ओलीका अवगुणहरू केलाएका छन् । 

ओलीको नाम नलिईकन नेपालले भनेका छन्,' एकले अर्कालाई घोचपेच मात्र गर्ने होइन । आफ्नो पिडा व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन ।  बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन ।' 

नेपालले ओलीका  अवगुणहरू केलाउँदै भनेका छन्,' आफू भित्र के कमी कमजोरी रहे त्यसको हामी सबैले समीक्षा गरौँ । हामीकहाँ सबैभन्दा ठुलो समस्या  व्यक्तिवादको रोग हो । दोस्रो आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । तेस्रो अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरूको ज्ञान अरूको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो ।'

उनले   ठुलठुला उपदेशहरू छाँट्ने तर व्यवहारमा लागु नगर्ने प्रवृत्ति हाबी भएको बताए । नेपालले भने,' यसबाट मुक्त हुन सकिएन भने कुरा एउटा काम अर्को हुन्छ । कुरामा ठुलठुला उपदेशहरू छाँट्ने प्रवृत्ति ज्यादा छ । व्यवहारमा लागु गर्ने कम छ । साँचो अर्थमा हामीमा इमानदारिता छैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ