arrow

बिर्तामोड बुधबारे हटिया खाली गर्न नगरले चलायो डोजर 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० जेठ ८ सोमबार
dozer-budhabare-jhapa.jpg

झापा ।  बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको बुधबारे हटिया खाली गराउन नगरपालिकाले डोजर चलाएको छ । मध्याह्न करिब १२ बजेदेखि नगरपालिकाले हटियामा डोजर चलाएको स्थानीयले बताए ।

बजारको पूर्वी भागबाट एकैसाथ १० वटा डोजर चलाएर नगरपालिकाले बुधाबारे हटिया खाली गराएको हो । नगरपालिकाले डोजर चलाउन थालेपछि  हटियाको अगाडिको भागमा रहेका व्यापारीहरुले आफ्ना सामान हटाउन थालेका छन् । 

बजारमा एक्कासी डोजर चलेपछि व्यापारीहरु सामान लिएर  भागाभाग गरेको देखिएको छ ।  

उक्त स्थानमा रहेका ब्यापारीहरुलाई बिर्तामोड नगरपालिकाले पटक–पटक सूचना जारी गरेर ठाउँ खाली गर्न आग्रह गरेको थियो । यद्यपि व्यापारीहरुले नगरपालिकाको सूचनालाई बेवास्ता गर्दै उक्त ठाउँ खाली गर्न मानिरहेका थिएनन् ।

नगरपालिकाको निर्णय अनुसार उक्त ठाउँमा नगर विकास कोषको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना छ ।

नगर विकास कोषले आइतबार नगरपालिकालाई पत्राचार गर्दै ९० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

 सहमति जुटे पार्किङ सहितको बहुउद्देश्यीय ब्यापारिक भवन सो स्थानमा निर्माण गरिने योजना अनुरुप आज उक्त बजारमा डोजर चलाइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ