arrow

बालिका बलात्कारको अपरोपमा फरार प्रशान्त समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
prasant-bhattrai.JPG

झापा । झापाको गौरादह नगरपालिका वडा न ३ की एक छिमेकी बालिकालाई बलात्कार गरेको आरोपपछि फरार रहेका स्थानीय प्रशान्त भट्टराई पक्राउ परेका छन् ।

छिमेकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेर प्रहरीले पक्राउ पुर्जी नै जारी गरि फरार सुचीमा रहेका भट्टराईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बालिका बलात्कारको आरोप लागेका २१ वर्षीय प्रशान्त भट्टराई झापाको कमल गाउँपालिका पाडाजुङी आसपासबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । 

गत आइतबार बेलुका आफै प्रहरीको सम्पर्कमा आएका निज अभियुक्त भट्टराई लाई हाल इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

डर त्रास देखाएर पटक पटक बालिकालाई बलात्कार गरेको आरोप लागेका अभियुक्त भट्टराईले पछिल्लो पटक गत चैत्र २८ गते निज बालिकालाई बलात्कारको प्रयास गर्दा आफन्तले थाहा पाएपश्चात् उनी फरार रहेका थिए ।

त्यस घटना लगत्तै आरोपित भट्टराईलाई बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएपश्चात् प्रहरीले पक्राउ पुर्जी नै जारी गरि आरोपित भट्टराईको तीव्र खोज कार्य बढाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ