arrow

गैँडाको आक्रमणबाट बाख्रा चराउन गएका पुरुष घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rhino-nawalparasi.jpg
फाईल तस्बिर

कावासोती । नवलपुरको देवचुलीमा गैँडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् ।

महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैँडाले आक्रमण गरेको हो  । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडि रहेको वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैँडालाई आक्रमण गरेको थियो । 

गैँडाको आक्रमणबाट घाइते भएका  क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । गैँडाको आक्रमणबाट घाइते क्षेत्रीको खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

केही दिन अघि देवचुली १० मा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैँडाको आतङ्क हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ